यी हुन् दाङका ‘नामुद’ जुवाडे, जुवाको खालमा प्रहरीको ‘रेड’

घोराही । दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रहरीले जुवातास खेल्ने समूहलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले जुवाको खालमा ‘रेड’ गरेको जनाएको छ ।
वडा नं. ७ श्रीगैस्थित ईश्वरा महतराको घरमा आइतबार राति जुवातास खेलिरहेको सुराकीका आधारमा पुगेको प्रहरीले दश जनालाई जुवाडेलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई जवासम्बन्धी ऐनअनुसार कारबाही चलाइनेछ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ तुलसी बोर्डिङ चोक बस्ने ४७ वर्षीय मीनबहादुर ओली, वडा नं. ९ दोघरेका ३८ वर्षीय ठाकुरप्रसाद गिरी, वडा नं. ८ कट्कुइँयाका ३३ वर्षीय सुनक चौधरी, वडा नं. ७ गोझेनीका ऋषिराज के.सी., वडा नं. ३ भम्केका ३२ वर्षीय डिल्लीराज गौतम र वडा नं. ७ पर्सेनिका ३५ वर्षीय शिवकुमार स्वर्णाकार रहेको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जुवाको खालबाट प्रहरीले २ लाख ९३ हजार ३ सय १९ रुपियाँ पनि बरामद गरेको छ । जुवा खेल्न प्रयोग भएको एक गड्डी खोलिएको तास र ८ गड्डी नयाँ तासपनि प्रहरीले बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत