क्रान्तिकारीमा गृहमन्त्रीका उम्मेदवार पराजित, तामाङले मारे बाजी

काठमाडौं । माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित हुनुभएको छ ।

शनिबार बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उहाँका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याउनुभएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । तामाङ माओवादी नेता वर्षमान पुन निकट र शर्मा गृहमन्त्री जनार्दन शर्मा निकट मानिनु हुन्छ ।

यसैगरी खुला उपाध्यक्षमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम विजयी हुनुभएको छ ।

यस्तै महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दीपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव तथा महासचिवमा उत्तम अधिकारी र कोषाध्यक्षमा केशव रावल निर्वा्चित हुनुभएको निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिला उपमहासचिवसहित ९८ जना निर्विरोध निर्वा्चित हुनुभएको थियो । बाँकीको निर्वाचन गरिएको होे ।

क्रान्तिकारीको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन भएको थियो । एक्काइसौँ राष्ट्रिय सम्मेलनबाट ३३ पदाधिकारीसहित २४३ नयाँ कार्यसमिति चयन गरिएको छ ।

क्रान्तिकारीमा पहिलो पटक मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिएको हो । निर्वाचन प्रक्रियामा दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले भाग लिएका थिए ।

Published : Saturday, 2017 September 2, 10:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया