उखुको जुस पिउँदा यी रोगबाट राहत पाइन्छ

काठमाडौं । उखुको रस सेवन गर्दा शरीरलाई धेरै फाइदा हुने गरेको छ । तर, यसको धेरै प्रयोग गर्दा शरीरलाई असर पनि गर्छ ।

गर्मीमा हामीले अत्यधिक सेवन गर्ने भनेकै उखुको रस हो । बजारमा धेरै प्रकारका जुस पाइन्छ । त्यसमध्ये धेरैले रुचाउने भनेको उखुको जुस हो । गर्मीका वेला हामी प्रायजसोले उखुको रस मन पराउँछौँ । उखुको जुस पिउँदा यसका कैयौँ फाइदा छन् ।

जन्डिसका बिरामीलाई पनि यो जुसले केही हदसम्म ठीक गर्ने चिकित्सकहरूले बताउने गरेका छन् । तर, उखुको जुस सेवन गर्नुपूर्व केही कुराको ख्यालचाहिँ गर्नुपर्ने हुन्छ ।

उखुको रसको सौखिन हुनुहुन्छ भने फलफूल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुपर्छ । हामी धेरैले देखिरहेको कुरा उखुको जुस पेल्ने ठाउँवरिपरी झिँगा भन्किरहेको हुन्छ । त्यस्तो स्थानको जुस सकेसम्म नपिउँदा राम्रो हुन्छ ।

उखुको जुस खाने भनेर अर्डर गर्छौं, तर कस्तो खालको उखु हो, कतिसम्म राम्रो छ भन्ने कुराको ख्याल राख्दैनौँ । सम्भव भएसम्म उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ । सडेको उखुले स्वास्थ्यमा फाइदाको साटो हानि गर्छ । यस्तो उखुले पेटको समस्या पनि पैदा गर्न सक्छ ।

धेरै ठाउँमा तपाईंहरू जानुअघि नै जुस तयार पारिएको हुन सक्छ । तर, यस्तो जुस सकेसम्म नखानु नै राम्रो हुन्छ । उखुको रस ताजा पिउने हो भने मात्र फाइदा हुन्छ । यदि फ्रिजमा राखेको अथवा बाहिर तयारी अवस्थामा राखिएको जुस छ भने यसले हानि गर्छ । बासी जुसमा झिँगा पनि बसेको हुन सक्छ । किरा लागेको हुन सक्छ । अरू फोहोर पनि परेको हुन सक्छ ।

Published : Friday, 2017 September 1, 10:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया