रास्वपाद्वारा संसद अबरोध, काण्डै–काण्डमा परेका लामिछानेको हास्यास्पद माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको बैठक अबरोध गरेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठक बस्नेवित्तिकै रास्वपाका सांसदहरू बोल्न समय माग गरेर आ–आफ्नो सिटमा उभिएर अबरोध गरेका हुन् । सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि रास्वपाका सांसदहरू आ–आफ्नो सिटमा बसेका थिए ।
त्यसपछि रास्वपाका सांसद तथा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बोलेका थिए ।
लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष छानविन समिति बनाएर अनुसन्धान गर्न माग गरेका छन् ।
उनले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएकाहरूलाई बोलाएर बयान किन नलिएको भनेर प्रश्न उठाएका छन् ।
दोहोरो नागरिकता लिएका कारण सांसद पद नै गुमाएका लामिछानेले अन्य व्यक्तिहरूमाथि प्रश्न उठाएका छन् । लामिछानेले अमेरिकन नागरिकता र नेपाली नागरिकता बोकेको पुष्टि भएपछि सांसद पद, सभापति पद, उप–प्रधानमन्त्री पद र गृहमन्त्री पद गुमाएका थिए ।
अहिले पनि लामिछानेको दोहोरो राहदानी काण्डको मुद्दा चलिरहेको छ । सर्वोच्च अदालतमा राहदानी काण्डमा मुद्दा चलाउन माग गरेर रिट दायर भएको छ ।
प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइ सकेका बेला सभापति लामिछानेले अहिले आएर छानविनका लागि संसदीय समिति माग गरेका छन् । ढिला गरेर लामिछानेले राखेको मागका विषयमा सांसदहरू मुखामुख गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया