तरुण दलको घराबन्दीमा पर्‍यो ओली सरकार

काठमाडौं । नेपाल तरुण दलले जनआवाजलाई दबाउनको लागि केपी ओली नेतृत्वको कम्यनिस्ट सरकारले बिरोध र जुलुस गर्नै नपाउने गरी निषेधाज्ञा लगाएको भन्दै भर्त्सना गरेको छ ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले विज्ञप्ति जारी गरेर ओली सरकारको अलोकतान्त्रिक निर्णयविरुद्ध देशभरि आन्दोनल गर्ने चेतावनी दिएका छन् । ‘सरकार यो निर्णय नेपालको संविधानको मर्म र भावना विपरित छ’, उनले भने, ‘व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रतामाथि नै धाबा बोल्ने गरी आएको यो निर्णयले लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडायको छ ।’

तरुण दलले ओली सरकारको गठन सँगसँगै अधिनायकवादी, सर्वसत्तावादी, निरङ्कुस र तानाशाही शासन रहेको पुष्टि भएको छ ।

‘हिजोको दिनमा जुनसुकै खालका तानाशाहीविरुद्ध तरुण दल लड्दै आएको सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ, ‘तानाशाही बन्दै गएको सरकारको पाखण्ड निर्णयलाई उल्ट्याउन तरुण दलले अठोट व्यक्त गर्दछ ।’

सरकारलाई चाडै निषेधाज्ञा लगाउने निर्णय फिर्ता लिन तरुण दलले चेतावनी दिएको छ । तरुण दलले सरकारको बिरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको पनि जनाएको छ ।

Published : Saturday, 2018 June 30, 11:28 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया