प्रचण्ड–ओलीबीच भेट, को बन्न सक्छ नयाँ राष्ट्रपति र गृह मन्त्री ?
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।
पूर्वसहमतिअनुसार राष्ट्रपतिमा एमालेलाई सहयोग गर्न ओलीले दाहाललाई दवाव दिएको स्रोतले जनाएको छ ।
ओलीले एमालेबाट राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङलाई अगाडि बढाउने सम्भावना छ ।
राष्ट्रपतिमा एमालेबाट ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल, डोरमणि पौडेललगायतको नाम चर्चामा छ ।
तर, ओलीले नेम्वाङलाई नै राष्ट्रपतिमा अगाडि सार्न सक्ने स्रोतको भनाइ छ । नेम्वाङप्रति माओवादी केन्द्र पनि नरम रहेको चर्चा छ ।
यसैबीच, प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच रिक्तरहेका मन्त्रालयका विषयमा छलफल भएको छ ।
गृह मन्त्रालय माओवादीले राख्ने गरेर ओलीसँग दाहालले परामर्श गरेका छन् ।
स्रोतका अनुसार दाहालले गृह मन्त्रालय आफ्नो पार्टीबाट मन्त्री बचाउन खोजेका छन् ।
माओवादीका नेता समेत रहेका उप–प्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्न खोजेका छन् ।
गृहमन्त्रीका लागि वर्षमान पुन, शक्तिबहादुर बस्नेत, नारायण दाहाल लगायतका नेताहरूले ताकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया