सत्तागठबन्धनका उम्मेदवार जिताउन महिला संघद्वारा समिति गठन, समितिमा को–को नेतृ मनोनीत ?
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
महिला संघद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन देशभरि महिला संघका प्रतिनिधिहरू खटिनेछन् । उनीहरूले सत्तागठबन्धनका लागि मत माग्ने विज्ञप्तिमा उल्लेख छ ।
महिला संघकी सभापति उषाकुमारी रावत मिश्रले १४८ जना नेतृहरूलाई समितिमा राखेकी छिन् ।
सभापति रावतले परिचालन समितिमा मनोनीत सम्पूर्ण सदस्यहरूले आ–आफ्नो जिल्ला, निर्वाचन क्षेत्रमा कार्य शुरु गर्न र निर्वाचन सम्पन्न भएपछि जिल्ला तथा क्षेत्रीयमा कार्य विवरण प्रतिवेदन पेश गर्न निर्देशन दिएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया