श्रेष्ठलाई ‘गुरु’ मीनकृष्णले दिए शुभकामना, लगनखेल डोजोमा खुसीयाली

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ नेपाल कराते महासंघको सहायक प्रमुख प्रशिक्षको जिम्मेवारी पाएका छन् ।

श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवस्तरीय निर्णयबाट नियुक्ति गरिएको हो ।

श्रेष्ठ नेपालमा भएको आठौं साफ र पाकिस्तानमा भएको नवौं साफ गेमका स्वर्ण पदक विजेता हुन् ।

पाकिस्तानमा भएको नवौं साफ गेममा करातेमा श्रेष्ठले मात्र स्वर्ण पदक ल्याएका थिए ।

श्रेष्ठ चीनको ह्वान्जाउमा हुन लागेको १९ एसिएन गेमको करातेको प्रमुख प्रशिक्षकको भूमिका छन् ।

राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष एवम् करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले उत्पादन गरेका खेलाडी हुन् । श्रेष्ठले आफ्ना ‘गुरु’ मीनकृष्ण महर्जन आशीर्वाद लिएका छन् ।

श्रेष्ठलाई ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जनले पनि शुभकामना दिँदै खुसी व्यक्त गरेका छन् ।

ललितपुरको लगनखेल डोजोमा मीनकृष्ण र विनोदले श्रेष्ठलाई विशेष सम्मान समेत गरेका छन् ।

मीनकृष्ण र विनोदले श्रेष्ठलाई कार्यकालको सफलताको शुभकामना दिएका छन् । लगनखेल डोजो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उत्कृष्टमा पर्छ ।

उनीहरूले श्रेष्ठलाई आवश्यक पर्ने सबै सहयोग गर्ने आश्वासन दिएका छन् ।

साग स्वर्ण पदकधारी श्रेष्ठलाई परिषदले थप जिम्मेवारी प्रदान गरेपछि मीनकृष्ण महर्जन र विनोद महर्जनले खुशी व्यक्त गरेका छन् ।

श्रेष्ठलाई सोहि मितिदेखि लागू हुने गरि तालिम तथा प्रशिक्षण विभागमा रहि कामकाज गर्न पत्र प्रदान गरिएको छ ।

२०४१ सालमा सहायक प्रशिक्षकको रुपमा करारमा परिषदको सेवामा प्रवेश गरेका श्रेष्ठ २०६१ सालमा स्थायी भएका थिए ।

ललितपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत श्रेष्ठले राष्ट्रिय खेलाडीहरूलाई प्रशिक्षण गर्दै आइरहेका छन् ।

Published : Sunday, 2022 August 14, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया