भरतपुरकी बन्दना काठमाडौंमा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४२ वर्षीया बन्दना उप्रेतीलाई पक्राउ गरेको छ ।
चितवनको भरतपुर स्थायी ठेगाना भइ काठमाडौंको डिल्लीबजारमा बस्दै आएकी उप्रेतीलाई सीआईबीले बिहीबार चण्डोलबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
उप्रेतीले प्राइम कमर्सियल बैंक लिमिटेड, बागबजार शाखाको पैसा नरहेको चेक दिएकी थिइन् ।
चेकको रकम भुक्तानी हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट बैंकिङ् कसूर मुद्दामा असार ५ गते फैसला गर्दै उप्रेतीलाई तीस दिन कैद र १ करोड ५९ लाख जरिवाना हुने ठहर गरेको थियो ।
प्रहरीले उप्रेतीलाई पक्राउ गरेपछि ललितपुर जिल्ला अदालतमा पेश गरेको विज्ञप्तिमा उल्लेख छ ।
Published : Thursday, 2022 July 14, 6:41 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया