बाग्लुङमा कांग्रेसको किल्ला मानिने तमानखोलामा के भयो ?

बाग्लुङ । बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसको शानदार जित भएको छ ।

गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्ष पदमा हीराकुमारी छन्त्याल निर्वाचित भएको बाग्लुङ कांग्रेसका युवा नेता देवेन्द्र घर्ती मगरले जानकारी दिएका छन् ।

तमानखोला गाउँपालिकामा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । कम्युनिस्टहरूलाई हराउँदै कांग्रेसले जित हासिल गरेको हो ।

तमानखोला– १ को वडाध्यक्षमा थमबहादुर रोका, वडा नं. २ मा नारायण सुनार र वडा नं. ४ मा छवि श्रीपाली विजयी भएका छन् ।

कांग्रेसबाट वडा नं. ३ मा झकबहादुर बुढा, वडा नं. ५ मा हीराबहादुर श्रीपाली र वडा नं. ६ मा चित्र छन्त्यालको प्यानल विजयी भएको छ ।

तमानखोला कांग्रेसको गढ मानिन्छ । कांग्रेसले आफ्नो गढलाई बचाएको छ ।

Published : Monday, 2022 May 16, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया