नेपाल प्रहरीका यी हुन् नयाँ डिआइजीहरू

काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिले १६ जना एसएसपीलाई डिआइजीमा सिफारिस गरेको छ ।

समितिले १ नम्बरमा केदार रिजाललाई अगाडि बढाएको छ । दोस्रो नम्बरमा शेरबहादुर बस्नेत र तेस्रो नम्बरमा पिताम्बर अधिकारी रहेका छन् ।

बढुवा समितिको सिफारिसमा पर्नेहरूमा एसएसपी दीपकुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रविन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पोख्रेल, महेशबिक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानबहादुर बोहरा, सुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी बढुवाका लागि सिफारिसमा परेका हुन् ।

समितिले एसएसपीहरूको नाम डिआइजीका लागि सोमबार सिफारिस गरेको हो ।

Published : Tuesday, 2018 May 8, 11:20 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया