लमहीमा कटुवा पेस्तोलसहित बिक पक्राउ
लमही । दाङको लमही नगरपालिका–३ मझगाउँस्थित प्रतिक्षालयबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारत घर बताउने १९ वर्षीय सोमु बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनले कटुवा पेस्तोल कम्मरमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उक्त पेस्तोलसहित उनलाई पक्राउ गरेको हो ।
Published : Friday, 2022 May 6, 11:49 am
फेसबुकबाट तपाईको प्रतिक्रिया