नेपाली प्रशासन, समर्थकहरूको कुनै गल्ती छैन : भोजपुरी गायक खेसरीलाल
पटना । भारतका भोजपुरी गायक खेसरीलाल यादवले आफ्ना समर्थक र दर्शक माया सधैँ पाइरहने बताएका छन् ।
फेसबुक लाईभमा गायक यादवले भोजपुरी फिल्म उद्योगले आफूलाई नचाहेको बताएको हो कि भनेर गुनासो गरेका छन् । उनले नेपालमा भएको घटनामा नेपाली जनता, प्रशासन र दर्शकको कुनै गल्ती नरहेको बताएका छन् ।
गायक यादवले बर्जु महोत्सवको आयोजकहरूको गल्तीका कारण घटना भएको बताए ।
नेपालको सुनसरी जिल्लास्थित बर्जु गाउँपालिकामा आयोजित तेस्रो बर्जु महोत्सवमा भएको घटनाप्रति चिन्ता जनाएका छन् ।
माघ ४ गते सुनसरीको बर्जुमा गायक यादव आउने क्रममा कोरोना महामारीका कारण प्रशासनले कार्यक्रम रोक्न भनेको थियो ।
आक्रोशित भीडले ४ वटा गाडीमा आगजनी गरेको थियो । स्टेजमा तोडफोड भएको थियो ।
गायक यादवले भोजपुरी फिल्म उद्योगमा मानवता मरेको बताएका छन् । ‘व्यवसायमा हरेक मानिसको प्रतिस्पर्धा हुन्छ, म सम्झन्छु यी कुरा’, उनले भनेका छन्, ‘मलाई थाहा थिएन् भोजपुरी इन्ड्रष्टिजमा मानवता मरिसकेछ ।’
चारवटा गाडी जलाउँदा आफूलाई भोजपुरी फिल्म उद्योगबाट कसैको फोन कल नआएको उनले गुनासो गरेका छन् ।
उनले भनेका छन्, ‘चार गाडी जल्यो, स्टेजमा तोडफोड भयो, मलाई धेरै कष्ट भयो ।’
‘इन्ड्रष्टिजसका दुई जना बाहेक अन्य कसैको फोन आएन्, न त कसैले घटनाका बारेमा प्रतिक्रिया दिए’, उनले भनेका छन् ।
भोजपुरी गायक एवम् अभिनेता यादव नेपालमा पनि लोकप्रिय छन् । उनले नेपालमा पनि आफ्ना समर्थक रहेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया