ललितपुरमा पुष्पकमल दाहाललाई झट्का, लोकप्रिय नेता कांग्रेसमा प्रवेश

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ललितपुर जिल्लाका लोकप्रिय नेता गणेश केसी नेपाली कांग्रेसमा फर्किएका छन् ।

तीन वर्ष अगाडि तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालको हातबाट टीका लगाएर कम्युनिस्ट बनेका केसीले बिहीबार कांग्रेसमा प्रवेश गरेका हुन् । केसीले कम्युनिस्टहरुलाई धोकेबाजभन्दै पुनः कांग्रेसमा प्रवेश गरेका हुन् ।

महाँकाल गाउँपालिकाका इन्चार्ज तथा जिल्ला समन्वय समितिका सदस्य समेत रहेका केसी कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस ललितपुरका युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

ललितपुर कांग्रेसका पार्टी सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्यको निर्देशनमा आफूले केसीलाई कांग्रेसमा फर्काउन पहल गरेको महर्जनले बताएका छन् ।

माओवादी प्रवेश गर्नुभन्दा अगाडि तीन वर्ष पहिला केसी नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि थिए ।

केसीले तत्कालीन समयमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट महाँकाल गाउँपालिका अध्यक्षको टिकट दाबी गरेको थिए ।

नेपाली कांग्रेसका जिल्ला सचिव भीमसेन घिमिरेलाई टिकट दिएपछि केसीले कांग्रेस परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएर ६ सय भोट ल्याएका थिए ।

केसी ललितपुर क्षेत्र नम्बर १ मा लोकप्रिय र प्रभावशाली नेता मानिन्छन् । केसीलाई कांग्रेसमा फिर्ता गराउन ललितपुर कांग्रेसका सभापति अमात्यले ललितपुर जिल्ला का प्रभावशाली नेता नेपाली कांग्रेस खेलकुद विभाग सचिव महर्जनलाई जिम्मेवारी दिएका थिए ।

केसीलाई कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य शंकर भण्डारी, ललितपुर कांग्रेसका अमात्य, कांग्रेसका युवा नेता महर्जन, कांग्रेस नेता सुन्दरमान थिङ लगायतले कांग्रेसमा स्वागत गरेका छन् ।

पुष्पकमल दाहालले केसीलाई विगतमा माओवादीमा प्रवेश गराउँदै
Published : Thursday, 2020 October 29, 3:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया