‘प्रचण्ड’ सिधै शीतल निवास पुगे

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेको दोस्रो दिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नयाँ सरकार गठन र राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशको विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । भेटमा दाहालले राष्ट्रपतिलाई अध्यादेश जारी गर्न सुझाव दिएको स्रोतको दाबी छ ।

एमाले–माओवादीले कांग्रेसका सभापति समेत रहेका प्रधनमन्त्री शेरबहादुर देउवाकै कारण नयाँ सरकार गठनलगायतका प्रक्रियामा समस्या आएको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ ।

अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा एमालेले विरोध गर्दै आएको छ ।

Published : Thursday, 2017 December 28, 10:55 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया