रुकुममा निरीक्षकसहित सातजनाको मृत्यु

रुकुम । पूर्वी रुकुम जिल्लाको साँखमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँखमा दुघर्टनामा परेको हो । जीप मध्यपहाडी लोकमार्गबाट झण्डै एक सय मिटर तल खसेको छ ।

दुर्घटनामा मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, मुसीकोट नगरपालिका वडा नं ४ की सुरेखा शाह, त्रिवेणी गाँउपालिका वडा नं १ की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उनकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधानको मृत्यु भएको छ । सुदन श्रेष्ठ र शेरबहादुर श्रेष्ठ बाबुछोरा हुन् ।

दुर्घटनामा घाइते भएका दाङका टेकबहादुर खत्री, चालक प्रेम थापा र सहचालक बाँफीकोटका प्रेम केसीलाई जिल्ला अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

Published : Saturday, 2017 November 25, 11:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया