माओवादीलाई अहिलेसम्मकै ठूलो धक्का, उम्मेदवार नै कांग्रेसमा प्रवेश

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य एवम् प्रतिनिधी सभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्की सहित १५ सय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

डडेल्धुराको अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्कीसहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इञ्जार्च एवम् केन्द्रीय सदस्यहरू जनक कलौनी, लक्ष्मी उप्रेती सहित १५ सय माओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरूलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर कांग्रेसमा स्वागत गरेका छन् ।

कार्यक्रमपछि पार्कीले माओवादी केन्द्रले जनअधिकारलाई छोडेर परम्परावादी शक्तिको रुपमा रहेको एमालेसँग एकीकरण गर्ने निर्णय गरेकाले लोकतान्त्रिक शक्तिको रुपमा रहेको कांग्रेसमा आफूहरू प्रवेश गरेको बताए ।

‘माओवादीले हिजोको जनयुद्ध सबै पैसासँग साटिसक्यो’, पार्कीले भने, ‘अब यो मुलुकमा कांग्रेस बाहेक राम्रा पार्टी नरहेकाले हामी कांग्रेस प्रवेश गरेका हौँ ।’

Published : Monday, 2017 November 20, 4:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया