पति–पत्नीले बेलायतमा देखाए हर्कत, परपुरुष र परस्त्रीले भयो यस्तो काण्ड

लण्डन । बेलायतमा आफ्नै पत्नीलाई हत्या गर्न खोजेको अभियोगमा भूपू गोर्खा सैनिकलाई बेलायती अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ ।

बेलायतको स्वीन्डनमा बस्ने विकास गुरुङले पत्नी कामना गुरुङमाथि गत डिसेम्बरमा खुकुरी प्रहार गरी ज्यान लिन खोजेको अभियोग लागेको थियो ।

पूर्व गोर्खा सैनिक विकास र कामनाबीच २० वर्षअघि विवाह भएको थियो । उनीहरूको दुई नाबालक सन्तान छन् ।

पतिपत्नी दुवैको अन्य व्यक्तिसँग ‘अफेयर’ का कारण उनीहरूको दाम्पत्य सम्बन्धमा खटपट भएको थियो । श्रीमान विकासले अर्कै महिलासँग यौनसम्पर्क थालेपछि उनकी पत्नी कामनाले परपुरुषसँग इन्टरनेटमार्फत् सम्बन्धमा जोडेको डेलीमेलले जनाएको छ ।

पति विकासको कचकचले हैरान भएकी र परपुरषसँगको सम्बन्धका कारण कामनाले दाम्पत्य जीवन टुंग्याउने निष्कर्षमा पुगेको समाचारमा उल्लेख छ । कामनाले १७ वर्षको उमेरमा विकाससँग विवाह गरेकी थिइन् । अहिले कामनाले ३७ वर्षको भएकी छिन् ।

गत २९ डिसेम्बरका दिन कामनाले विकासलाई सम्बन्ध विच्छेदका लागि प्रस्ताव राख्ने तयारी समेत गरेकी थिइन् । दुबै बच्चा स्कुल गएका बेला कामनाले विकाससँग सम्बन्ध विच्छेदको कुरा गरेपछि विकास आक्रोशित भएका थिए ।

त्यति मात्रै होइन विकासले कामनाको मोबाइल खोसेर ‘चेक’ गर्न थालेका थिए । मोबाइल चेक गरेपछि विकासले कामनामाथि हातपात गरेका थिए । पत्नीले सम्बन्ध विच्छेदको कुरा एकाएक राखेपछि विकासले रिसले रन्थनिएको र पत्नीमाथि अन्धाधुन्ध मुक्का प्रहार गरेको जनाइएको छ । विकासको मुक्काले कामनाकोे नाकमा चोट लागेको थियो ।

कामनाले पनि आफ्नो बचाउमा कुनै कसर राखिनन् । उनको केही जोर चलेन । कामनाले बेलायतको आपतकालीन प्रहरी सेवा ९९९ मा फोन गरिन् । फोनमा कामनाको चित्कार गुञ्जिएको थियो ।

विकासले झन् आबेगमा आएर कामनालाई कुट्न थालेपछि ज्यान जोगाएर कामना भाग्न खोजेकी थिइन् । कामनालाई विकासले हत्या गर्ने भनेर हातमा खुकुरी बोकेर लखेटेका थिए । कामनालाई विकासले अन्धाधुन्द खुकुरी प्रहार गरेर गम्भीर अवस्थामा पुर्‍याएको बेलायतको प्रहरीले जनाएको छ । विकासले अनेकौँ पटक प्रहार गरेको खुकुरीको चोटका कारण कामना भुइँतलामा पुगेर अचेत अवस्थामा रगतको आहालमा ढलेकी थिइन् ।

कामना ढलेपछि विकास आफैले प्रहरीलाई फोन गरेर आफूले ‘श्रीमतीको हत्या गरेको’ बताएको डेली मेलले जनाएको छ । त्यसको केहीबेरमा प्रहरी आइपुग्यो । सुरुमा अचेत ढलेकी कामनालाई देखेर ‘स्पेसल कन्स्टेबल’ ले उनको मृत्यु भइसकेको ठानेका थिए । तर, सँगैका अर्का प्रहरीले उनी जीवित रहेको भनेपछि तत्काल स्वास्थ्यकर्मीको सहायताले उनलाई अस्पताल लगिएको थियो ।

रगतमा डुबेको आमाको शरीरलाई आठ वर्षीय छोराले समेत देखेका थिए । उनको गर्धन र मुखभरि चोट लागेको थियो । शरीरभरि खुकुरीको चोटैचोट थियो । खुकुरी छेकेका उनका हात छियाछिया भएका थिए ।

यो २९ डिसेम्बर २०१६ को घटना थियो । कामना दुई महिना अस्पताल बसेकी थिइन् । घटनाको दश महिनापछि पनि उनले आफू पूर्ण रुपमा स्वस्थ्य नभएको बताएकी छन् । अस्पतालले उनको हात पूर्ण रुपमा निको नहुने जानकारी दिइसकेको छ ।

हालै बेलायती अदालतले ज्यान मार्ने उद्योगमा दोषी घोषित गर्दै विकासलाई १४ वर्षको जेल सजाय सुनाएको छ । एक महिलासँग आफ्नो प्रेम सम्बन्ध रहेको विकासले अदालतमा पनि स्वीकारेका छन् । उनले अदालतमा आवेशमा आएर घटना घटेको बयान दिएका छन् ।

– बेलायती पत्रिका डेलीमेलबाट साभार

Published : Saturday, 2017 October 21, 3:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया