‘हट’ अदीतिले दिल्लीमा नेपालको नाम राखिन्
काठमाडौं । भारतमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’मा नेपाललाई सफलता मिलेको छ ।
नेपालको प्रतिनिधित्व गर्दै अदीति अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई महत्वपूर्ण उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् ।
नयाँ दिल्लीमा सम्पन्न प्रतियोगिता नेपाल, भारत, चीन, बंगलादेश लगायत १६ देशका सुन्दरीहरू सहभागी थिए । नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत गरेकी अदीतिले प्रतियोगिताबाट आफूले धेरै कुरा सिक्न मिलेको बताएकी छिन् ।
१८ वर्षीय अदीति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’ की बिजेता हुन् ।
अदीतिको सफलतामा राष्ट्रले गौरव गर्नुपर्ने नेक्स्ट मोडल नेपालका सिइयो रवि धमलाले बताए ।
युवायुवतीलाई फेसन उद्योगमा आउन यो सफलताले प्रेरणा मिल्ने उनको भनाई रहेको छ ।
प्रतियोगितामा शीर्ष उपाधि मिस रसिया तातीयाना र फष्टरनर अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए ।
यसमा तपाइको मत