रक्सी पिउँदै गरेकी अचर्ना पनेरु मध्यराति पक्राउ

काठमाडौं । नग्न तस्वीर सार्वजनिक गरेर चर्चामा आएकी मोडल अर्चना पनेरु काठमाडौंमा फेरि पक्राउ परेकी छन् ।

पनेरुलाई आमा सुनिता पनेरुसहित महानगरीय प्रहरी वृत गोंगबुले मंगलबार मध्यराति मादक पर्दाथ सेवन गरी होहल्ला गरेको र डान्सबारमा बबाल मच्चाएको अभियोगमा नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्ट शाखाका एसपी ओमविक्रम राणाका अनुसार नियन्त्रणमा लिइएका आमाछोरीलाई मंगलबार रातभरि गोंगबु प्रहरीको हिरासतमा राखिएको थियो ।

‘छोरीलाई अबदेखि यस्ता आपत्तिजनक गतिविधि नगर्ने चेतावनी दिएर बुधबार बिहान छाडिएको छ, आमा सुनितामाथि सार्वजनिक मुद्दा चलाइएको छ’, राणाले भने ।

अर्चना यसअघि नग्न फोटो सार्वजनिक गर्दा कञ्चनपुर र फिल्म सुटिंगका क्रममा पोखरामा प्रहरीको फन्दामा परिसकेकी थिइन् ।

पोर्नस्टार बन्ने भन्दै नग्न तस्वीर सार्वजनिक गरेर चर्चामा आएकी अर्चनाले छेस्को र जिस्म लगायतका फिल्म खेलेकी थिइन् ।

दुबै फिल्म फ्लप भएपछि अर्चनाका आमाछोरीले गोंगबुको नयाँ बसपार्कमा स्थानीय व्यापारीसँग मिलेर डान्सबार रेष्टुरेन्ट चलाउँदै आएकी थिइन् ।

Published : Wednesday, 2017 September 20, 4:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया