रत्ननगरमा प्रहरी छापा, जुवाताससहित ८ जना पक्राउ

भतपुर । जुवातास खेलिरहेको अवस्थामा चितवनबाट प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

रत्ननगर नगरपालिका–१२ मिलिजुली टोल बस्ने ४१ वर्षीय हीराबहादुर गोलेको घरमा प्रहरीले छापामारेर ८ जनालाई पक्राउ गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा गोले समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय रत्ननगर टांडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३९ हजार ८ सय ३० रूपियाँ र ३ बुक ताससहित पक्राउ गरिएको छ ।

Published : Tuesday, 2024 April 23, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया