त्रिविमा बल्ल आयो प्रशासनिक तालिम मोड्युल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाको अयोजनामा उपत्यकाभित्रका क्याम्पस÷कार्यालयहरूमा कार्यरत शाखा अधिकृतहरूलाई खरिद प्रक्रिया सम्वन्धी सेवाकालीन तालिम प्रारम्भ भएको छ ।

तालिममा उपत्यकाभित्रबाट ४० जना सार्वजनकि खरिद शाखामा विशेष जिम्मेवारी सम्हालिरहेएका कर्मचारीहरूलाई सलंग्न गराइएको छ ।

वैशाख ९ देखि वैशाख १५ गतेसम्म सञ्चालन हुने तालिममा सार्वजनिक खरिदका महत्वपूर्ण कानूनी पक्ष र व्यवहारिक पक्षहरूका सन्र्दभमा नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव एवम् उपसचिवहरूले तालिम दिनेछन् ।

तालिमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीले विश्वविद्यालयमा व्याप्त वेरुजु न्यूनीकरण गरी असल शासनको विकास गर्न तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । उनले सार्वजनिक निकायहरूमा कर्मचारीतन्त्रको कार्यशैली, जिम्मेवारी र नैतिकताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तालिममा सिकेका सिपलाई नियमानुसार कार्यान्वयन गरी त्रिभुवन विश्वविद्यालयको प्रशासनिक दक्षता विकासमा महत्वपूर्ण योगदान गर्न सहभागी कर्मचारीहरूलाई अनुरोध गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.केदारप्रसाद रिजालले तालिमलाई सिप र दक्षताको विकास गर्ने महत्वपूर्ण अवसरको रुपमा सदुपयोग गर्न सहभागीहरूलाई अनुरोध गरेका छन् ।

तालिममार्फत विश्वविद्यालयले राखेको उद्देश्यपूरा गरी सार्वजनिक खरिदमा हुने सबै प्रकारको कमजोरी, वेतिथी र त्रुटिहरूको बारेमा यथोचित जानकारी लिई कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् ।

समन्वय महाशाखका निमित्त प्रमुख दीपक तिवारीले तालिमले सहभागीहरूलाई पुनर्ताजगी गराई थप सक्षम, सृदृढ बनाउने र कार्यक्षमतामा ऊर्जा भर्ने बताए ।

तालिममा अनुशासनमा रही समयमा उपस्थित भई विज्ञहरूबाट आफूलाई थप जानकार बनाउन अनुरोध गरेका छन् ।

उनले समन्वय महाशाखाले आफ्नो सक्रियतामा पहिलो पटक सार्वजनिक खरिद सम्वन्धमा तालिम आयोजना गरेको छ ।

त्रिविको ६५ वर्षको यात्रामा समन्वय महाशाखाका प्रमुख दीपक तिवारीको सक्रियतामा पहिलो पटक त्रिविले प्रशासनिक तालिम सम्बन्धमा सबै तहका कर्मचारीहरूको लागि सेवाकालीन तथा पुनर्ताजगी तालिम पाठ्यक्रम २०८० मोड्युल पुस्तकका रुपमा तयार गरिएको र पुस्तकको विमोचन शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले गरेका छन् ।

Published : Tuesday, 2024 April 23, 10:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया