लिटिल बुद्धको प्रतिमामा उपाध्यक्ष डा. लामा र थाई धर्मदूत वोङले जल चढाए

लुम्बिनी । थाईहरूको विषेश पर्व सोङक्रानको अवसरमा लिटिल बुद्धको प्रतिमामा जल चढाइएको छ ।

मंगलबार लुम्बिनीस्थित संविधानसभा सदस्य तथा लुम्बिनि विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो छिमे छिरिङ डा.ल्हारक्याल लामा तथा थाई धर्मदूत दक्षिण एसियाका प्रमुख फ्रा धम्म बोधि वोङ लिटिल बुद्धको पाउमा जल चढाएका हन् ।

सोङक्रानलाई थाईहरूले विषेश पर्वरुपमा मनाउने गरेका छन् । नयाँ वर्ष पारिवारिक पुनर्मिलन, मन्दिर भ्रमण र वार्षिक घर सफा गर्ने अवसर रुपमा पनि यस दिनलाई लिने गरेका हुन् ।

परम्परागत रूपमा थाईहरूले सोङक्रानको पहिलो दिन रोडे नाम दम हुआ प्रदर्शन गर्छन्, जुन आधिकारिक रूपमा राष्ट्रिय वृद्ध दिवस हो ।

यस परम्परामा युवाहरूले मान्यजनहरूको हत्केलामा सुगन्धित पानी खन्याएर नम्र भएर आशीर्वाद माग्ने गर्दछन् ।

त्यस्तै दोस्रो दिन, परिवारहरू बिहान सबेरै उठ्छन् । भिक्षुहरूलाई भिक्षा दिन्छन् । त्यसपछि बाँकी दिन परिवारसँग बिताउँछन् ।

थाइल्यान्डले सन् १९४० मा अन्तर्राष्ट्रिय नयाँ वर्षको दिनलाई स्वीकार गर्नुअघि सोङक्रानलाई सौर्य पात्रोको आधारमा गणना गरिएको थियो । जुन मिति एक वर्षदेखि अर्को वर्षसम्म फरक हुने थियो ।

Published : Wednesday, 2024 April 17, 1:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया