गृहमन्त्री लामिछाने ठगी काण्डमा परेका बेला फेरि बोलायो कांग्रेसले बैठक

काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन काण्डमा मुछिएपछि संसदीय छानविन समितिको माग गरेर प्रतिनिधि सभाको बैठक अबरोध गर्दै आएको नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

शनिबार विज्ञप्ति जारी गरेर कांग्रेसले बैशाख २ गते बिहान ७ बजेर ३० मिनटमा संसदीय कार्यसमितिको बैठक बोलाएको जनाएको छ ।

संसदीय कार्यसमितिको बैठकपछि नेपाली कांग्रेस संसदीय दलको बैठक पनि बस्नेछ । बैठक बैशाख २ गते बिहान ८ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

सहकारीको करोडौं रकम अपलचन र ठगी काण्डमा मुछिएका गृहमन्त्री लामिछानेले निकै ठूलो गफ दिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई होच्याउँदै आएका छन् ।

गृहमन्त्री लामिछाने गठी काण्डमा मुछिएका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय छानविन समिति बनाउन सरकारले अटेर गरेपछि कांग्रेसले संसद अबरोध पनि गर्दै आएको छ ।

Published : Saturday, 2024 April 13, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया