जनकपुरमा प्रिन्सकुमारको हत्या, अर्जुन पक्राउ

जनकपुर । धनुषा जिल्लामा २० वर्षीय प्रिन्सकुमार महासेठको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका–७ डेरा गरी बस्ने महोत्तरीको एकडाडा गाउँपालिका–३ घर भएका महासेठको हत्या गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय अर्जुन साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जनकपुर उपमहानगरपालिका–७ विश्वकर्मा चोक नजिक कलबार कुट्टी जाने बाटोमा अपरिचत व्यक्तिले चक्कु प्रहार गर्दा महासेठ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले घाइतेलाई प्रादेशिक अस्पताल जनकपुर पठाएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी भनाइ छ । चक्कु प्रहार गर्ने व्यक्तिको खोजी र अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका–४ कलबारकुट्टीबाट साहलाई प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ ।

Published : Monday, 2024 April 8, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया