दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ मा करणी गर्ने प्रकाश पक्राउ

दिक्तेल । खोटाङ जिल्लामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकाश परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ
गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

पीडितको उजुरीको आधारमा प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले परियारलाई पक्राउ गरेको छ ।

Published : Friday, 2024 April 5, 3:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया