सात वर्ष अगाडि प्यूठानमा ६ जनाको ज्यान जाने गरी भएको दुर्घटनाका चालक ललितपुरमा पक्राउ

काठमाडौं । प्यूठान जिल्लामा सात वर्ष अगाडि ६ जनाको ज्यान जाने गरी दुर्घटना गराएर फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुरको महांकाल गाउँपालिका–३ बस्ने २७ वर्षीय सरोज घलेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
२०७३ चैत ११ गते प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमाले भन्ने स्थानमा बा. ८ च १५६१ नम्बरको स्कार्पियो जीप दुर्घटना भएको थियो ।
दुर्घटनामा दिनेशध्वज बस्नेत समेत ६ जनाको मृत्यु भएको सवारी ज्यान मुद्दामा फरार रहेका जीपका चालक घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले ललितपुरको ग्वार्कोबाट पक्राउ गरेको छ ।
चालक घलेलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय प्यूठान पठाइएको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया