सर्लाहीमा एसईईमा अनियमितता गर्ने ३ केन्द्राध्यक्षको जिम्मेवारी खोसियो, ७ विद्यार्थीको परीक्षा रद्द

मलंगवा । सर्लाही जिल्लामा एसईईको परीक्षा सञ्चालनमा अनियमितता गर्ने ३ जना परीक्षा केन्द्राध्यक्षहरूलाई जिल्ला परीक्षा समन्वय समिति सर्लाहीले कारबाही गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले लिएको परीक्षाका क्रममा सर्लाही जिल्लामा अनिर्वाय गणित विषयको परीक्षा सञ्चालन भइरहेका बेला आइतबार निरीक्षण र अनुगमनका क्रममा अनियमितता देखेपछि ३ जना केन्द्राध्यक्षलाई हटाएर नयाँलाई जिम्मेवारी दिइएको छ ।
आइतबार मलंगवामा बसेको समितिको बैठकले श्रीमती लक्ष्मीदेवी जनता माध्यामिक विद्यालय, मलंगवा नगरपालिका– ११ गम्हरियाका केन्द्राध्यक्ष दिनेश रायलाई निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताए । जनतामाविको केन्द्राध्यक्षमा बसन्तकुमारप्रसाद साहलाई नियुक्त गरिएको छ ।
श्री जनता माध्यामिक विद्यालय, चक्रघट्टा गाउँपालिका– २ बेल्हीका केन्द्राध्यक्ष वीरेन्द्र चौधरीलाई पनि समितिले निलम्बन गरेर हटाएको छ । जनतामावि चक्रघट्टाको केन्द्राध्यक्षमा रविन्द्र रायलाई नियक्त गरिएको छ ।
श्री जनता माध्यामिक विद्यालय, धनकौल गाउँपालिका वडा नं. ३ हरकठवाका केन्द्राध्यक्ष रामनारायण यादवसहित परीक्षामा खटिएका सबै शिक्षक र कर्मचारीहरूलाई निलम्बनसहित हटाइएको छ । जनतामावि हरकठवाको केन्द्राध्यक्षमा मनोजकुमार रायलाई नियुक्त गरिएको छ ।
समितिले परीक्षामा अनियमिता गर्ने सात जना विद्यार्थीको परीक्षा रद्द गरेर राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा जानकारी पठाएको छ । सर्लाहीमा नक्कली परीक्षार्थीलाई पनि कारबाही भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले एसईई परीक्षाका क्रममा परीक्षा केन्द्रमा अनियमितता भएको पाइएमा कारबाही हुने चेतावनी दिएका छन् ।
उनले कक्षा १० अध्ययन गरेर परीक्षा दिन लागेका विद्यार्थीको भविष्यमाथि कसैले खेलवाड गर्ने कार्य गरेमा तत्काल ठाउँको ठाउँ कारबाही हुने बताए ।
एसपी ज्ञवालीले प्रहरीलाई कडाइका साथ परिचालन गरिएको बताउँदै प्रहरी कर्मचारीबाट कुनै लापरबाही र अनियमितता गरेको थाहा पाउनेवित्तिकै एक्सनमा गएर कारबाही गर्ने चेतावनी दिएका छन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया