धादिङबाट काठमाडौं छिरेका विशाल पण्डितको साम्राज्य ढल्ने तयारीमा, लाग्यो ठूलो झट्का

काठमाडौं । कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, वायो मेडिकल इन्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेश कुमार श्रेष्ठ, मेडिकल व्यवसायी विशाल पण्डित र मनोजकुमार आचार्यविरुद्ध २ करोड ९८ लाख ६६ हजार ५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले कोशी अस्पताल कोभिड– १९ केन्द्र विराटनगरमा हाई डिपेन्डेन्सी युनिट जडान तथा सञ्चालन गर्न सामग्री खरिदका लागि स्वास्थ्य निर्देशनालय धनकुटाले आह्वान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनोट नगरेको, अस्वभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने÷गराउने कार्य गरेको अख्तियारले जनाएको छ ।

व्यवसायी पण्डितले मतियारको रुपमा काम गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । आयोगले उनीविरुद्ध २ करोड ९८ लाख ६६ हजार रुपियाँ बराबरको विगो माग गरेको छ ।

काठमाडौंको बबरमहलस्थित सिंहदरबारको दक्षिण गेट नजिकै बुटिक बसेरा होटल सञ्चालन गर्दै आएका विशाल पण्डितलाई मेडिकल माफियाको आरोप लाग्दै आएको छ । एमाले निकट मानिने पण्डित धादिङ जिल्लाबाट काठमाडौं छिरेपछि मेडिकलको क्षेत्रमा एकछत्र राज गरेर कमाइ गरेको चर्चा छ ।

पण्डितसहितको टिमले नेपालमा औषधि उत्पादक कम्पनी खोलेका छन् । एकर्ड फर्मास्युटिकल्स कम्पनी पण्डित र उनीहरूको टिमले सुरुवात गरेको औषधि कम्पनी हो । कम्पनीमार्फत उत्पादित औषधि नेपाली बजारमा आइसकेका छन् ।

विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएमा व्यवसायी पण्डितको साम्राज्य तहस नहस हुन सक्नेछ । मुद्धामा अन्तिम फैसला नआउँदासम्म पण्डितका लागि निकै तनाबका दिन हुनेछन् ।

000

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं
मिति: २०८०।१२।१८ गते ।
प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

जिल्ला मोरङ्ग, कोशी अस्पताल कोभिड-१९ केन्द्र, विराटनगरमा High Dependency Unit (HDU) जडान तथा सञ्चालन गर्न सामाग्री खरिदको लागि स्वास्थ्य निर्देशनालय, धनकुटाले आब्हान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनौट नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा स्वास्थ्य निर्देशनालय, धनकुटाले कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र, बिराटनगरको लागि HDU को उपकरण खरिद गर्दा सार्बजनिक खरिद ऐन, २०६३ को दफा १४ को उपदफा (४ख) बमोजिम पेश भएका कुनैपनि बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्नेमा सो नगरी स्वास्थ्य सेवा निर्देशनालय, धनकुटाले बोलपत्रसाथ संलग्न गरेको Requirements (Goods Compatibility) पूरा गरेको नदेखिएको अवस्थामा पनि योग्यता पूरा गरेको भनी प्राबिधिक दृष्टिकोणबाट प्रक्रिया पुरा नभएको बोलपत्रलाई प्रक्रिया पुरा भएको भनी मूल्याङ्‍कन समितिवाट गलत लिखत तयार गरी/गराई गलत लिखत प्रतिवेदनको आधारमा बोलपत्र मूल्याङ्‍कन समितिको बैठकले सार्वजनिक खरिद नियमावली, २०६३ को नियम ६२(२) बमोजिमको बोलपत्रमा रहेको भिन्नता खुलाउनु पर्ने अनिवार्य व्यवस्थाको प्रतिकूल सबैभन्दा बढी रकम कवोल गर्ने Hospitec Enterprises Pvt. Ltd., Tinkune, Kathmandu द्वारा पेश भएको बोलपत्र स्वीकृत गर्ने निर्णय गरी/गराई HDU को उपकरण खरिद गरेको देखिन्छ।उक्त खरिद प्रक्रियामा पेश हुन आएका ३ वटा बोलपत्रदाताहरूले अनिवार्य रूपमा पेश गर्नुपर्ने कागजातहरू पेश नगरेका कारणले ३ वटै बोलपत्रहरू सारभूत रुपमा प्रभावग्राही नभएको अवस्थामा पुनः बोलपत्र प्रक्रिया थालनी गर्नुपर्नेमा सो नगरी कोभिड महामारीको विशेष परिस्थिति देखाई अत्यावश्यक स्वास्थ्य पूर्वाधार HDU को उपकरण खरिद गर्नैपर्ने वाध्यता रहेको अवस्था मान्दासमेत सबै भन्दा कम रकम कवोल गर्ने बोलपत्रदातालाई छनौट गर्नुपर्नेमा गैरकानूनी लाभ लिने बदनियतले सबैभन्दा बढी रकम कवोल गर्ने बोलपत्रदातालाई छनौट गरेकोले यसरी तेस्रो हुने र पहिलो हुने फर्महरूद्धारा कवोल गरिएको रकमको अन्तर रु.२,८९,६६,०५०।- बराबर अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने/गराउने कार्य गरे/गराएको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका प्रतिवादीहरुउपर देहायबमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:
सि.नं नामथर, पद र कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी

  1. High Dependency Unit (HDU) को उपकरण खरिद मूल्याङ्‍कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहता रु.२,८९,६६,०५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (1) को देहाय (ञ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन एवं मूल्याङ्‍कन समितिबाट गलत लिखत तयार गरी/गराई प्रतिवेदनसमेत दिएकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 9 बमोजिमको कसुरमा सोही ऐनको दफा 9 बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको छ।
  2. High Dependency Unit (HDU) खरिद मूल्याङ्‍कन समितिका सदस्य तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बिराटनगरका वायोमेडिकल इन्जिनियर कुशल दाहाल रु.२,८९,६६,०५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (1) को देहाय (ञ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन एवं मूल्याङ्‍कन समितिबाट गलत लिखत तयार गरी/गराई प्रतिवेदनसमेत दिएकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 9 बमोजिमको कसुरमा सोही ऐनको दफा 9 बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको छ।
  3. High Dependency Unit (HDU) को उपकरण खरिद मूल्याङ्‍कन समितिका सदस्य स्वास्थ्य निर्देशनालय, धनकुटाका लेखा अधिकृत डण्डरसिंह बिश्वकर्मा रु.२,८९,६६,०५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (1) को देहाय (ञ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन एवं मूल्याङ्‍कन समितिबाट गलत लिखत तयार गरी/गराई प्रतिवेदनसमेत दिएकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 9 बमोजिमको कसुरमा सोही ऐनको दफा 9 बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको छ।
  4. High Dependency Unit (HDU) को उपकरण खरिद मूल्याङ्‍कन समितिका सदस्य स्वास्थ्य निर्देशनालय, धनकुटाका खोप अधिकृत उदेश कुमार श्रेष्ठ रु.२,८९,६६,०५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 8 को उपदफा (1) को देहाय (ञ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन एवं मूल्याङ्‍कन समितिबाट गलत लिखत तयार गरी/गराई प्रतिवेदनसमेत दिएकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 9 बमोजिमको कसुरमा सोही ऐनको दफा 9 बमोजिमसमेत सजाय हुन मागदाबी लिइएको छ।
  5. Hospitec Enterprises Pvt. Ltd., Tinkune, Kathmandu, Nepal र उक्त प्रा.लि.का संचालक विशाल पण्डित रु.२,८९,६६,०५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (1) देहाय (ञ) बमोजिमको कसुरमा मतियारको भूमिका निर्वाह गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 22 बमोजिमको कसुर गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) बमोजिम मूल कसुरदारलाई हुने सजायलाई आधार मानी निजहरुलाई सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक व्यवस्था बमोजिम मुख्य कसुरदारलाई हुने सजाय बरावर नै सजाय हुन मागदाबी लिइएको छ।
  6. Hospitec Enterprises Pvt. Ltd., Tinkune, Kathmandu, Nepal का बजार व्यवस्थापक मनोज कुमार आचार्य रु.२,८९,६६,०५०।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (1) को देहाय (ञ) बमोजिमको कसुरमा मतियारको भूमिका निर्वाह गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 22 बमोजिमको कसुर गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) बमोजिम मूल कसुरदारलाई हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक व्यवस्था बमोजिम मुख्य कसुरदारलाई हुने सजाय बरावर नै सजाय हुन मागदाबी लिइएको छ।

प्रवक्ता
नरहरि घिमिरे

Published : Sunday, 2024 March 31, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया