सभापति देउवाद्वारा आदिवासी जनजाति विभागमा १० जना सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजाति विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन् ।

कांग्रेसद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनयन गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको विभागमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर)लाई मनोनयन गरेका छन् ।

सभापति देउवाले सलामसिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी (संखुवासभा), धनबहादुर श्रेष्ठ (काठमाडौं) र कृष्ण घिसिङ (रामेछाप)लाई पनि सदस्यमा मनोनयन गरेका छन् ।

Published : Friday, 2024 March 29, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया