गोरखाका वाग्ले र रुकुमका खड्का काठामडौंमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा गोरखाको शहीद लखन गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका–९ बस्ने २८ वर्षीय समिरराज वाग्ले र रूकुमको चौरजहारी नगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय खड्कबहादुर भण्डारी रहेका छन् ।

पक्राउमध्ये समिरले न्यूजील्याण्ड पठाईदिन्छु भन्दै पीडितबाट १ लाख ५० हजार रूपियाँ ठगी गरेको र खड्कबहादुरले रोमानिया पठाईदिन्छु भन्दै ३ लाख ५० हजार रूपियाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले समिरलाई काठमाडौंको मनमैजु र खड्कबहादुरलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Tuesday, 2024 March 26, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया