रुपन्देही र मोरङमा जबरजस्ती करणी, दुई जना पक्राउ

भैरहा । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रुपन्देही जिल्लामा २० वर्षीय रामसुवास भरलाई पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गैडहवा गाउँपालिका–८ खैरेनी कुट्टा बस्ने भरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
भरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता, मोरङमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका–६ झौवाबनी बस्ने ५५ वर्षीय सन्तलाल धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धामीले ती महिलालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया