सभापति देउवा र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । सत्ता गठबन्धन भत्किने चर्चा चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न सभापति देउवा सोमबार बिहान बालुवाटार पुगेका हुन् । उनीहरुका बीच कुराकानी भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले विभिन्न विषयमा असन्तुष्टि जनाउँदै एमालेसँग मिलेर सरकार बनाउन खोजेपछि देउवाले दाहालसँग भेटवार्ता गरेका छन् ।

Published : Monday, 2024 March 4, 8:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया