निर्मला पन्तको जिल्लामा उखुबारीमा ३० वर्षीया महिलालाई ४० वर्षीय रानाद्वारा करणी

काठमाडौं । कञ्चनपुर जिल्लामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४० वर्षीय हरिचन्द्र रानालाई पक्राउ गरेको छ ।

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका–७ टेडिया बस्ने रानालाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका–७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको आरोप छ ।

उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले रानालाई पक्राउ गरेको हो ।

कञ्चनपुर जिल्लामा नाबालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको धेरै वर्ष भइसक्दा पनि अपराधमा संलग्न व्यक्ति पक्राउ पर्न सकेको छैन । निर्मला पन्तको दोषी पक्राउ पर्न नसकेका बेला रानालाई प्रहरीले जबरजस्ती करणीको अभियोगमा पक्राउ गरेको छ ।

Published : Saturday, 2024 February 17, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया