काठमाडौंको होटलमा विवाहित महिलाको हत्या, प्रेमी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको गौशालास्थित विजयचोकमा रहेको सिराहा धनुषा होटल एन्ड लजमा प्रमिला दमाईको हत्या अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

शनिबार प्रमिलाको हत्या भएको अवस्थामा शव भेटिएको थियो । हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको जनाएको छ ।

रामेछाप स्थायी ठेगाना भई काठमाडौं बस्ने अन्दाजी ३० वर्षीया प्रमिला दमाईंको हत्या भएको अवस्थामा गेस्ट हाउसको कोठाभित्र शव भेटिएको थियो ।

शुक्रबार ती युवक र युवती गेस्ट हाउसमा सँगै बसेको खुलेको छ । हत्या आरोपमा एक युवकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको गौशाला वृत्तका डीएसपी केशव थेबेले बताएका छन् ।

मृत भेटिएकी प्रमिला दमाई विवाहित महिला भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका पुरुष र रामेछापको लिखु तामाकोशी घर भएकी प्रमिला दमाई प्रेम सम्बन्धमा थिए ।

हत्यापछि होटलको कोठामा बाहिरबाट साँचो लगाएर प्रेमी भागेका थिए । माघ २६ मा हत्या भएको र दुई दिनपछि घटना सार्वजनिक भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले बताएका छन् ।

Published : Sunday, 2024 February 11, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया