पोर्न स्टार घरमा मृत भेटिइन्

लण्डन । आफूमाथि यौन शोषण भएको आरोप लगाउँदै आएकी पेरुकी पोर्न स्टार थैना फिल्डस घरमा मृत भेटिएकी छिन् ।

उनले एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको यौन शोषण र दुर्व्यवहारको खुलासा गरेकी थिइन् । पोर्नस्टार थैना घरमा मृत भेटिएकी हुन् ।

थैनाले यौन शोषणको आरोप लगाएको केही महिनामा मृत भेटिएकी छिन् । थैना पेरुको लोकप्रिय पोर्न स्टारमध्ये एक हुन् ।

‘मैले एडल्ट कन्टेन्ट बनाउन सुरु गरेपछि मलाई उद्योगमा यौन उत्पीडन र दुर्व्यवहार गरियो’, थैनाले भनेकी थिइन्, ‘शुरुमा त कैयौंले मलाई काममा राखेर ममाथि जे पनि गर्न सकिन्छ भन्ने सोँचे ।’

‘म घर आएँ, नुहाएँ र रुन थालें । यस्तो ममाथि कैयौं पटक भयो’, उनले भनेकी थिइन्, ‘जब समाज साँच्चै फोहोरले भरिएको छभने एक महिला हुनु र एडल्ट कन्टेन्ट बनाउनु निकै मुस्किल काम हो ।’

Published : Saturday, 2024 January 13, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया