सशस्त्र प्रहरीद्वारा कस्तुरीको बिना बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको छ ।

बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिकाको वडा नं. १५ जमुनाहस्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले उल्लेखित बस्तु बरामद गरेको हो । बरामद बस्तु खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१ ग्राम रहेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्याक्तिले सशस्त्र प्रहरीलाइ देख्ना साथै आफूले बोकेको झोला फालेर भागेका थिए ।

उनले फालेको झोला जाँच गर्ने क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु फेला परेको हो ।

बरामद कस्तुरीको बिना जस्तो देखिने बस्तु आवश्यक अनुसन्धान कारवाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।

Published : Friday, 2023 December 22, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया