व्यूरोद्वारा मोस्ट वान्टेड कालेसहित चार जना पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार चार जना प्रतिवादी पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको साविक ठूलोपाखर गाविस–२ बस्ने ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ चैत १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई सजाय कार्यान्वयनको क्रममा कारागार कार्यालय सिन्धुपाल्चोकमा थुनामा रहेका थिए ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएको कारागारबाट भागेका थिए । अन्य थुनुवा–कैदीलाई भगाई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कास्कीको विजयपुरबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत सिन्धुपाल्चोकको २०७४ फागुन ९ गतेको फैसलाले थुनुवा कैदी भागे भगाएको मुद्दामा लामालाई थप ९ वर्ष ६ महिना २० दिन कैद हुने ठहर गरेको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Published : Thursday, 2023 December 21, 8:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया