कुवेतमा लुकेर बसेका काभ्रेका लामा पक्राउ, इन्टरपोलले काठमाडौं ल्यायो

काठमाडौं । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्तिलाई कुवेतबाट पक्राउ गरी काठमाडौं ल्याएको छ ।

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोकको चौरीदेउराली गाँउपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामालाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका लामालाई सम्बन्धित मुद्दामा कारवाही गर्ने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।

लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते लामाविरुद्ध रेड नोटिस जारी भएको थियो ।

Published : Tuesday, 2023 December 19, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया