मीनभवन प्रहरीद्वारा ठगीका नमूनाहरू पक्राउ

काठमाडौं । नक्कली सवारी दर्ता किताव बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताव बनाएको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डीबी भन्ने दिलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन् ।

केही व्यक्तिहरूले लिखत कीर्ते गरी सवारी दर्ता किताव लगायतका कागजातहरू तयार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले दिलबहादुरलाई कालीमाटी र आइतसिंहलाई मनोहरा नगरपालिका–१ बम्ह्रखेलबाट पक्राउ गरेको हो ।

उनीहरूबाट बाग्मती प्रदेश ०१ ०२५ च २७५९ नम्वरको कारको ब्लुबुक १ थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र ४ थान, कार ५ थान, विभिन्न सरकारी कार्यालयका छापहरू ४ थान र मोबाइल २ थान बरामद भएको छ ।

उनीहरुलाई लिखत कीर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।

Published : Monday, 2023 December 18, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया