उठ्तीपुठ्ती गर्ने टोले गुण्डा दावालाई बौद्धबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन, काठमाडौंले ३७ वर्षीय दावा दोर्जे लामालाई पक्राउ गरेको छ ।

कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनी ठगी गर्ने दावालाई पक्राउ गरिएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले बताएका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका दावाले जबरजस्ती करणी मुद्दामा पुर्पक्षको लागि कारागार कर्यालय, जगन्नाथ देवलमा रहेका कैदीलाई छुटाईदिन्छु भनेर रकम ठगी गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

दावाले वकिल र अदालतलाई मिलाउनका लागि खर्च लाग्छ भनेर पटक पटक गरी पाँच लाख रुपियाँ लिएर फरार भएको प्रहरीले जनाएको छ ।

दावाविरुद्ध पीडितले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंसिर २९ गते दिउँसो २ बजे बौद्धबाट पक्राउ गरी थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमार्डौ पठाइएको छ ।

Published : Sunday, 2023 December 17, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया