व्यूरोद्वारा विमानस्थलबाट ५५ किलो लागुऔषध बरामद

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ किलो ३२ ग्राम गाँजा बरामद गरेको छ ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले भन्सार कार्यालयको कार्गो कम्प्लेक्सबाट लागुऔषध गाँजा ५५ किलो ३२ ग्राम बुधबार बरामद गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

कतार एयरवेजबाट अमेरिका हुँदै नेपाल आएका २४ वटा कार्टुनहरु शंकास्पद देखिएपछि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा म्युजिकल बक्साहरूभित्र लुकाइ ल्याएको गाँजा फेला पारी बरामद गरेको हो ।

Published : Sunday, 2023 December 17, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया