डा.राणाद्वारा नेपाली क्रिकेट टिमलाई बधाइ

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणाले ट्वान्टी–२० विश्वकपमा छनोटमा नेपाल टिम विजयी भएकोमा बधाइ दिएकी छिन् ।

सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्रकृतिक श्रोत साधन समितिकी सभापति समेत रहेकी डा.राणाले नेपाली क्रिकेट टिमलाई बधाइ दिँदै खुसी व्यक्त गरेकी छिन् । उनले आगामी दिनमा पनि टिमलाई अझै सफलता होस् भनेर कामना गरेकी छिन् ।

शुक्रबार कीर्तिपुरमा भएको प्रतिस्पर्धामा नेपालसँग यूएई ८ विकेटले पराजित भएको छ ।

ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको छ ।

Published : Friday, 2023 November 3, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया