एकदिवसीय विश्वकपमा भारतसँग श्रीलंका पराजित

नयाँदिल्ली । भारतले एकदिवसीय विश्वकपमा श्रीलंकालाई फराकिलो अन्तरले हराएको छ ।

बिहीबार बांखडेमा भएको प्रतिस्पर्धामा भारतसँग श्रीलंका ३०२ रनको अन्तरले पराजित भएको हो । लगातार सातौं जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । भारत सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम बनेको छ ।

भारतले श्रीलंकालाई ३५८ रनको लक्ष्य दिएको थियो । श्रीलंकाले १९.४ ओभरमा ५५ रन जोड्दा सबै विकेट गुमायो ।

भारतका मोहम्मद सामीले ५ विकेट लिए । मोहम्मद सिराजले ३ र जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक–एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनायो ।

Published : Thursday, 2023 November 2, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया