अष्ट्रेलियन अराउन्डर मार्स मैदान छाडेर घरतिर हिँडे

नयाँदिल्ली । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका अस्ट्रेलियन टोलीका अलराउन्डर मिचेल मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएका छन् ।

उनी अस्ट्रेलियाको आगामी खेलमा टोलीमा सहभागी हुने छैनन् । जारी विश्वकपमा अस्ट्रेलियाले आगामी खेल इङ्ल्यान्डसँग खेल्नेछ ।

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको खेल शनिबार अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । क्रिकेट अस्ट्रेलियाले पनि ३२ वर्षीय मार्स व्यक्तिगत कारण घर फर्किएपछि विभिन्न खालका अड्कलबाजी भएका छन् ।

विश्वकप तालिकामा हालसम्म ६ खेल खेलेको अस्ट्रेलिया आठ अंकसहित तेस्रो स्थानमा छ ।

Published : Thursday, 2023 November 2, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया