अभिनेत्री कंगना निरास, ‘चन्द्रमुखी २’पछि ‘तेजस’ले हावा खायो

मुम्बई । बलिउड फिल्म ‘तेजस’ले दुई दिनमा २ करोड ५० लाख भारू कमाइ गरेको छ । फिल्ममा मुख्य भूमिकामा अभिनेत्री कंगना रनावत रहेकी छिन् ।

तेजसलाई सर्भेश मेवाराले निर्देशन गरेका छन् । तेजस अक्टोबर २७ देखि प्रदर्शन भएको छ । तेजसले १ करोड २५ लाख भारूमा ओपनिङ गरेको थियो । दोस्रो दिन तेजसले १ करोड २५ लाख कमाएको छ ।

तेजस बक्स अफिसमा कमजोर सावित भएको छ । कंगना रनावतले राम्रो कमाइ गर्ने आशा राखेकी थिइन् । फिल्मले कमजोर व्यापार गरेपछि कंगनाले निरास बनेकी छिन् । उनले भनेकी छिन्, ‘हाम्रो फिल्म तेजस सिनेमा घरमा प्रदर्शन भइरहेको छ ।

जसले यो फिल्म हेर्नु भयो उहाँहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । कोभिडपछि हाम्रो हिन्दी फिल्म क्षेत्र राम्रोसँग सञ्चालन हुन सकेको छैन । तपाईहरूलाई उरी, निरजा, मेरी कम जस्ता फिल्म मनपर्‍यो भने तेजस पनि मन पर्नेछ ।’

तेजस रोनी स्क्रुवालाको प्रोडक्सनमा बनेको छ । फिल्ममा कंगनासँगै अंसुल चौहन, वरुण मित्रा, आशिष विद्यार्थीलगायतका कलाकारको अभिनय छ ।

यसअघि कंगनाको फिल्म ‘चन्द्रमुखी २’ले पनि कमजोर व्यापार गरेको थियो । कंगना बेलाबेला विवादमा आइरहन्छिन् । विवादमा आएका कारण कंगनालाई फिल्मको व्यापारमा असर परेको हुन सक्ने चर्चा छ ।

Published : Monday, 2023 October 30, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया