मुख सम्हाल्न नसक्दा ब्लू फिल्मकी अभिनेत्रीको जागिर फुत्कियो

न्युयोर्क । ब्लू फिल्मकी अभिनेत्री अर्थात पोर्नस्टार मिया खालिफाले प्यालेस्टाइनको समर्थन गरेकी छिन् ।

अभिनेत्री मियाले ईजराइलको विरोध गर्दै प्यालेस्टाइनको समर्थन गरेपछि जागिर गुमाउनु परेको छ ।

मियाले हमासको आक्रमणलगत्तै ट्वीटरमार्फत प्यालेस्टाइनको समर्थन गरेकी थिइन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘यदि तपाईं प्यालेस्टाइनको अवस्था हेर्न सक्नुहुन्छ र प्यालेस्टिनीको पक्षमा हुनुहुन्न भने तपाईं भेदभाव गर्दै हुनुहुन्छ र यसलाई समयले देखाउनेछ ।’

उलने भनेकी छिन्, ‘म विश्वास गर्न सक्दिन कि नक्कली गुच्ची शर्ट पछाडि जियोनिस्ट भेदभाव लुकाइएको छ ।’

रेड लाइट हल्याण्डका सीईओ टोड शापिरोले अमेरिका र युरोपमा च्याउ उत्पादन गर्ने र बेच्ने होम ग्रोथ किट गर्छ । शापिरोले खालिफालाई कम्पनीमा ल्याएका थिए । उनले कम्पनीको अनलाइन व्यापार बढाउन मद्दत गर्थिन् ।

रेड लाइट हल्याण्डका सीईओ टोड शापिरो अभिनेत्री खालिफालाई जागिरबाट निकालेको घोषणा गरेका छन् ।

खालिफाको ट्वीटपछि प्लेब्वायले उनीसँगको सम्झौता खारेज गर्दै उनको च्यानल पनि हटाएको छ ।

हमासले इजरायलमा हमला गरेपछि युद्धले नयाँ मोड लिएको छ । इजरायलले गाजा क्षेत्रमा जवाफी हमला गरिरहेको छ ।

Published : Tuesday, 2023 October 10, 11:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया