रक्सी घोटाला काण्डमा सांसद सिंह पक्राउ

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा रक्सी घोटालामा प्रवर्तन निदेशालय (ईडी) को अनुसन्धानपछि आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ परेका छन् ।

ईडीले बुधबार बिहान सञ्जय सिंहको घरमा छापा मारेको थियो । सिंहलाई करिब १० घण्टा सोधपुछपछि निर्देशनालयले पक्राउ गरेको छ ।

यसअघि आम आदमी पार्टीका नेता सत्येन्द्र जैन र मनीष सिसोदिया पनि पक्राउ परेका छन् । मनीष सिसोदिया हाल जेलमा छन् । सत्येन्द्र जैन उपचारका लागि जमानतमा छन् ।

आम आदमी पार्टीले सिंहविरुद्धको यो कारबाहीलाई राजनीतिक रुपमा प्रेरित भनेको छ । पार्टीका सांसद राघव चड्ढाले विगत १५ महिनादेखि भारतीय जनता पार्टीले आफूहरूमाथि रक्सी घोटालाको आरोप लगाउँदै आएको बताएका छन् ।

पछिल्लो १५ दिनमा ईडी र सीबीआईले १ हजारभन्दा बढी ठाउँमा छापा मारेको छ । भाजपाले सिंहको गिरफ्तारीले सत्य लुकाउन नसकिने देखाएको बताएको छ ।

Published : Wednesday, 2023 October 4, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया