चीनमा नेपाली महिला फुटबल टिम पराजित

काठमाडौं । एसियाली खेलकुदको महिला फुटबलमा नेपाल आफ्नो पहिलो खेलमै पराजित भएको छ ।

चीनको हाङझाउमा भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको हो ।

खेलमा पहिलो हाफमा भियतनामलाई गोल गर्नबाट रोके पनि नेपालले दोस्रो हाफमा ११ मिनेटभित्र २ गोल खायो ।

भियतनामका लागि फाम हाइ यिनले ५३औं र बिच थुयाले ६४औं मिनेटमा गोल गरेकी थिइन् ।

Published : Friday, 2023 September 22, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया