वडा नं. ६ ले जित्यो तरुण दल काठमाडौं महानगर फुटसलको उपाधि

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले काठमाडौं महानगर अन्तर वडास्तरीय फुटसल प्रतियोगिता २०८० को विजेता टोलीलाई पुरस्कार वितरण गरेका छ् ।

सर्वमान्य नेता स्व.गणेशमान सिंहको २६औँ स्मृति दिवसको उपलक्ष्यमा नेपाल तरुण दलको काठमाडौं महानगरद्वारा महानगर अन्तर वडास्तरीय फुटसल प्रतियोगिता २०८० आयोजना गरिएको थियो ।

काठमाडौं महानगरभित्रका ३२ वटा वडाका टिमहरू सहभागी भएका थिए । काठमाडौं महानगरको वडा नं. ६ र वडा नं. १२ बीच फाइनल खेल भएको थियो ।

फाइनल खेलमा महानगरको वडा नं. ६ ले वडा नं. १२ लाई ४–० को अन्तरले हराएर विजेता बनेको थियो । अध्यक्ष गुरुङले विजेता र उप–विजेता टिमलाई ट्रफी र मेडल वितरण गरेका छन् ।

कार्यक्रममा नेपाल तरुण दल काठमाडौंका जिल्ला सभापति कृष्णजी खड्काले खेलाडी र अन्य सहयोगीहरूलाई प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अध्यक्ष गुरुङका साथै केन्द्रीय सदस्यहरू अशोक झा, केशर खड्का, अनुप प्रधान, माधव त्रिपाठी, प्रेम शाही लगायतका तरुण नेताहरूको उपस्थिति रहेको थियो ।

काठमाडौं तरुण दलका उपाध्यक्ष अनमोल केसीद्वारा सञ्चालन गरिएको कार्यक्रमको सभापतित्व महानगर अध्यक्ष रोशन श्रेष्ठले गरेका थिए ।

Published : Sunday, 2023 September 17, 3:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया